Section 30
जलविद्युत उत्पादन केन्द्र आदि खरिद गर्नु पर्ने

कुनै व्यक्ति वा संस्थाले एकहजार किलोवाटसम्म जलविद्युत उत्पादन गरी वितरण गरिरहेको क्षेत्रमा अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत वितरण गर्ने भएमा त्यसरी एकहजार किलोवाटसम्म जलविद्युत उत्पादन गरी वितरण गरिरहेको व्यक्ति वा संस्थाले आफूले सञ्चालन गरेको जलविद्युत उत्पादन केन्द्र, प्रसारण तथा वितरण लाईन विक्री गर्न चाहेमा उक्त अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो जलविद्युत उत्पादन केन्द्र प्रसारण तथा वितरण लाइनको वर्तमान मूल्य (त्यसमा भएको टुटफुट र साधारण प्रयोगबाट भएको ह्रास कटाई) को आधारमा आपसी सम्झौताद्वारा यकिन गरिएको मूल्यमा खरीद गर्नु पर्नेछ ।